बिहीबार, कार्तिक ६, २०७७

भगवतीको मूर्तिका नाममा तस्करी ! लाखौँको सामान बरामद

नेपालखोज २०७६ असोज १३ गते १४:०३

१३ असोज २०७६, काठमाडौँ । भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Advertisement

नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो ।

दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि तस्करको नयाँ शैलीबारे थाहा भएको हो । दशैँको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइँदै गरेका दुर्गाको मूर्तिमा लुकाई छिपाई सामान तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरीले आइतबार जाँचका क्रममा सामान बरामद गरेको हो ।

Advertisement

सशस्त्र प्रहरी भन्सार सुरक्षा पोष्टका अनुसार राजश्व छलेर दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरमा घर निर्माणको सामग्रसहित चिनी, डाल्डा घीउ, चामल, तेललगायत सामान बरामद गरिएको हो ।

बरामद गरेका ती सामानको मूल्य रु नौ लाख ५० हजार रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया