बिहीबार, वैशाख १३, २०८१

सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप, पुष्टि होला ?

नेपालखोज २०७६ असोज १४ गते ११:१८

१३ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कार्यालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेको छ ।

संसद सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले पति नभएको मौकामा आफ्नै कोठामा आएर बलात्कार प्रयास गरेको आरोप लगाएकी हुन् । महिलाका अनुसार रक्सी सेवन गरेर आफ्नो कोठामा आएका महराले जर्वजस्तीकरणीको प्रयास गरेको आरोप लगाएकी छिन् ।

सभामुखले महिला माथि गरेको बलात्कार प्रयासको घटनाले यतिखेर राजनीतिक रुपमा निकै ठूलो तरङ्ग छाएको । सामाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा निकै चर्को बहश पनि भईरहेको छ ।

बलात्कार प्रयासको आरोप लगाएकी महिलाले दिएको बयानमा महरासँग यस अघि पनि यस्ता घटना भएको र पार्टीको सम्वन्धित निकायमा जानकारी समेत दिएको जनाउनु, पारिवारिक सम्वन्ध रहेको जनाउनुले घटना थप रहस्यमय वन्दै गईरहको छ ।

घटना सार्वजनिक भएसँग महरा काण्ड अहिले भाईरल बनेको छ । यही घटनाका कारण सभामुख महराको राजीनामाको समेत प्रसंग समेत आईरहेका छन् । तर सभामुख महरा प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्तिमा भने उहाँको राजनीति उचाइँ, प्रतिष्ठालाई सिध्याउने षड्यन्त्रको भएको बताइएको छ ।

सभामुख महराको यस घटनालाई साम्य पार्नका लागि प्रयास भईरहेको चर्चा बढिरहेका बेला पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख महरामाथि लागको यौन दूव्र्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताउनु भएको छ । उहाँले सो घटनाका निष्पक्ष, अनुसन्धान हुनु पर्ने र सभामुख दोषी ठहरिए आम नागरिक सरह सजायँ पाउनु पर्ने बताउनु भएको छ । नेता थापाले भन्नु भयो, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

घटनालाई लिएर काग्रेसका अर्का नेता धनराज गुरुङले सभामुख जस्तो सम्मानित पदमा आसिन व्यक्तिलाई जबरजस्ती करणीको आरोप लाग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो फेसवुकमा लेख्नु भएको छ, ‘स्वयं सभामुखले पीडित महिलालाई फोन गरेर यो सामान्य घटना हो भन्नु भनेर पटक–पटक फोन गरेको सार्वजनिक भैसक्यो । तैपनि सरकार किन मूकदर्शक ’ ।हुन त सभामुख महराले नै आफू पीडित महिलाको घरमा पुगेको स्वीकारोक्ति, पीडित रोशनी शाहीको झन्डै आठ मिनेटको भिडियो बयान र उनीसँग रहेका जुत्ताको तलाऊसहित महराको फूटेको चश्माका टुक्राले प्रमाणित गरेको छ । उनले ‘जबरजस्ती करणी’ गरेको पीडित महिलाको बयान छ । यसको स्वतन्त्र पुष्टिचाहिँ मेडिकल टेस्टले गर्ला भन्ने आशा गरौं ।

प्रतिक्रिया