बिहीबार, वैशाख १३, २०८१

दशैंको माैकामा व्यापारीको मनलाग्दी, अनुगमनकर्तामाथि नै अवरोध

नेपालखोज २०७६ असोज १४ गते ११:५५

काठमाडौं । दशैंको समयमा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएर मनलाग्दी मूल्य लिन थालेपछि हजारौं सर्वसाधारण मारमा परेका छन् । दशैंका लागि लत्ता–कपडालगायत दैनिक उपभोग्य वस्तु किन्न जाने हजारौं सर्वसाधारण पीडित बन्ने गरेका छन् ।

सडकपेटीदेखि ठूला महलका व्यापारीले व्यापारीले लत्ता–कपडा, जुत्ता–चप्पललगायतमा दुई–तीन सय प्रतिशतसम्मले मूल्य बढाएर बिक्री गरिरहेको पाइएको छ । १ हजार पर्ने जुत्ता र सर्टको २५ सय रुपैयाँसम्म लिने गरेका छन् । सरकारले प्रभावकारी अनुगमन नगर्दा व्यापारीले मनलाग्दी मूल्य लिएका हुन् । न्युरोडका व्यापारीदेखि असन, विशाल बजार, बानेश्वरलगायतका व्यापारीले १ हजार पर्ने सामानको ३ हजार रुपैयाँसम्म लिन थालेका छन् ।

अनुगमनकर्तामाथि समेत व्यापारीले अराजकता देखाएका छन् । व्यापारीले अनुगमनकर्तामाथि दुरव्यवहार गर्नु भनेको उपभोक्तालाई ठग्न पाउनुपर्छ भन्ने हो ।’

सरकारी संयन्त्रले बजारमा अनुगमन बढाउँदै जाँदा व्यवसायीले भने एकपछि अर्को स्थानमा अनुगमनकर्तालाई नै अवरोध गर्न थालेका छन् । काठमाडौंको न्युरोडमा अनुगमनकर्तामाथि स्थानीय व्यवसायी जाइलागेको एक साता नबित्दै बालाजुको नयाँ बसपार्कमा रहेको बिजी मलका व्यवसायीले सरकारी अनुगमन टोलीलाई घेराबन्दी गरेर अनुगमनमा अवरोध गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा आइतबार गएको अनुगमन टोलीलाई व्यवसायीले व्यापार गर्ने बेला अनुगमन गरेको भन्दै सटर बन्द गरेर घेराबन्दी गरेका हुन् । यो समचार अाजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया