बिहीबार, वैशाख १३, २०८१

सभामुखमाथि लागेको आरोप बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

नेपालखोज २०७६ असोज १४ गते १२:१७

१४ असोज २०७६, काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्ने भएको छ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएपछि सचिवालयको बैठक बस्ने भएको छ। अहिले दुई अध्यक्षबीच बालुवाटारमा छलफल चलिरहेको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठक ११ बजेका लागि बोलाइएको थियो तर अहिलेसम्मपनि बैठक सुरु भएको छैन ।

महरामाथि लागेको बलात्कार आरोपका विषयमा चौतर्फी दबाब बढेको छ। पार्टीभित्रै पनि महिला नेतृहरुले यस विषयमा कुरा उठाएपछि आवश्यक निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ।

प्रतिक्रिया