बुधबार, असोज २, २०८१

यी हुन् विमानमा हराइरहेका यात्रु र चालक दलका सदस्य (नामसहित)

नेपालखोज २०७९ जेठ १५ गते १३:३३

काठमाडौं । तारा एयरको सम्पर्कविहीन भएको ९ एन एईटी ट्विनअटर विमानको खोजी जारी छ । पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको हो । १९ यात्रु रहेको विमानमा पाइलट प्रभाकर घिमिरेसहित चालक दलका तीन सदस्य छन् । स्थानीयले ठूलो आवाज सुनेकाले विमान दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

विमान सम्पर्कविहीन भएको अवस्था सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले सञ्चारकर्मीलाई जानकारी द्एिको छ । उडेको केही समेयपछि नै विमान राडारको सञ्चार सम्पर्कबाट विच्छेद भएको जनाइएको छ ।

मुस्ताङबाट उद्धारका लागि गएको पिस्टेल एयरको हेलिकोप्टर प्रतिकुल मौसमका कारण पुग्न नसकेर फर्किएको छ । अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जनाइएको छ ।

हराइरहेका चालक दलका सदस्य र यात्रुको विवरण :
१) पुरुषोत्तम गोले
२) वसन्त लामा
३) बान्देकर वैसवी
४) इन्द्रबहादुर गोले
५) राजनकुमार गोले
६) मेइक ग्रीटग्राफ
७) गणेश नारायण श्रेष्ठ
८) रवीना श्रेष्ठ
९) रश्मी श्रेष्ठ
१०) राममाया तामाङ
११) प्रकाश सुनुवार
१२) मकरबहादुर तामाङ
१३) रोजिना श्रेष्ठ
१४) सुकुमाया तामाङ
१५) तुलसादेवी तामाङ
१६) ऋतिका त्रिपाठी
१७) धनुश त्रिपाठी
१८) अशोककुमार त्रिपाठी
१९) वी विलनर

चालक दल
१) क्याप्टेन प्रभाकर घिमिरे
२) उत्सव पोखरेल
३) एयर होस्टेज किस्मी थापा

प्रतिक्रिया