बिहीबार, वैशाख १३, २०८१

बलात्कारको आरोप लागेका महरालाई सभामुख र सांसदबाट राजीनामा दिन नेकपाको निर्देशन

नेपालखोज २०७६ असोज १४ गते १२:४७

१४ असोज २०७६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

सभामुख महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालयको आज आकस्मिक बैठक बसेको थियो। बैठकले महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। ,बैठक सकिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभाका सदस्य पदबाट राजिनामा दिएर छानबिन प्रक्रियालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएपछि सचिवालयको बैठक बसेको हो।

प्रतिक्रिया