शुक्रबार, वैशाख १४, २०८१

बलात्कार प्रयास गरेको आरोप लागेका सभामुख महराले दिए राजिनामा

नेपालखोज २०७६ असोज १४ गते १३:२७

१४ असोज २०७६, काठमाडौं ।  बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजिनामा दिएका छन् ।

आफ्नो पार्टी नेकपाको सचिवाल बैठकले सभामुख र सांसद दुवै पदबाट राजिनामा दिनुपर्ने निर्णय गरेपछि उनले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष राजीनामा दिएका हुन् ।

’हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ उनले दिएको राजीनामा पत्रमा भनिएको छ ।

संसद् सचिवालयकै कर्मचारी एक महिलाले महराले गएको आईतबार साँझा आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिन् । उनले आफूलाई सुरक्षा थ्रेट आएको समेत बताएकी छिन् ।

’सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,’ भन्दै उनले कानुन बनाउने थलोको नेतृत्वकर्ताबाटै आफुमाथि बलात्कारको प्रयास भएको बताएकी छन् । उनले आफुलाई सुरक्षाको थ्रेट पनि आएको बताइन् । उनको यस आरोप बारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया