शुक्रबार, वैशाख १४, २०८१

टेलिकमको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्बिराेध निर्वाचित

नेपालखोज २०७७ चैत ५ गते १५:४३

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । लगानीकर्ता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सेमत रहेका पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।

चैत १३ गते आयोजना हुने टेलिकमको तेह्रौं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट एक सञ्चालक सदस्यको निर्वाचन हुँदैछ । उक्त पदका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुनुपर्नेमा पौडेलको मात्र मनोनयन परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् भने उनी आईएमई ग्रुपको लगानी रहेको चन्द्रागिरी हिल्सलगायत कम्पनीहरुमा समेत निर्देशक तथा लगानीकर्ताको रुपमा आबद्ध छन् ।

‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो ।

उम्मेदवारी दर्ताका बेला पोडेलले सामाजीक सञ्जाल मार्फत टेलिकमको व्यवस्थापन र सरकारी बीच समन्वय कायम राख्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रतिक्रिया