बिहीबार, वैशाख १३, २०८१

यि हुन् महराको बलात्कारमा परेको भनिएकी महिला

नेपालखोज २०७६ असोज १४ गते १६:०२

१४ असोज २०७६, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी महिला सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक भएकी छन् ।

उनी रोशनी शाही भएको खुलेको छ । रोशनी शाही नामको फेसबुकबाट उनले आफूमाथि बलात्कार भएको दाबी गरेकी छन् ।

 

महराबारे लेखिएको समाचार सेयर गर्दै उनले लेखेकी छन्, ‘आरोप होइन सत्य हो । डिल्ली मल्लको सभामुख बचाउ विज्ञप्ती झुटा हुन् । भाँचिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुटो खुराफाती कुरा नगर्नु अझ बढी खाल्डो खनिएला होस गर्नु ।’

रोशनीका श्रीमान कामको सिलसिलामा बाहिर भएको मौकामा आइतबार राति महराले आफूमाथि जबरजस्ती करणी गरेको ती महिलाको आरोप छ ।

सुरुमा यो घटनाको समाचार हाम्राकुरा डटकममा प्रकाशित भएको थियो । हाम्राकुराले उनीसँग भिडियो अन्तरवार्ता समेत लिएको छ । हाम्राकुरामा भएको महिलाको अनुहार लुकाइएको तस्बिरको हुलिया र रोशनी शाहीको फेसबुकको हुलिया मिलेको देखिन्छ । तर, यसबारे आधिकारिक रुपमा भने केही खुलाईएको छैन ।

प्रतिक्रिया