शुक्रबार, वैशाख ७, २०८१

डलर र दलालीकरणले मुलुक खतरामा

नेपालखोज २०७६ असोज १४ गते २१:५०

१४ असोज, काठमाडौं । डलर र दलालीकरणका कारण स्वतन्त्र देशका रुपमा चिनिएको नेपाल अहिले खतरामा परिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले बताउनु भएको छ । दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको उहाँले बताउनु भयो ।

बेँसीशहरमा आयोजिनत कार्यक्रमलाई सम्वोधन गदै उहाँले सो कुरा बताउनुभएको हो । विदेशीको संस्कार, संस्कृतिलाई अँगाल्दै डलरको पछि लागेर आमाबुबा, परिवार, देश बिर्संदै जाँदा जस्लाई मुलुकमा जतिबेला पनि अप्रिय घटनाहरु घट्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “व्यावहारिक र जनवादी शिक्षामा जोड दिनुपर्छ । नेपाली भाषा, संस्कार संस्कृतिको संरक्षण गर्नका लागि बेलैमा सचेत हुनुपर्ने समय आएको छ ।”

प्रमुख सचेतक गुरुङले डलरको पछि नलागी आफ्नो मिहिनेत गर्दै नवऔपनिवेशिक संस्कृतिको विरुद्धमा आफ्नो संस्कार, संस्कृतिलाई जोगाउन जनवादी संस्कृति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया