शुक्रबार, वैशाख १४, २०८१

सुस्तमनस्थिती भएकी युवतीको विभत्स हत्या

नेपालखोज २०७६ असोज १६ गते १४:३१

महोत्तरी । गौशाला नगरपालिका–१० स्थित थापाटोलकी २२ वर्षिया गोरकी भनिने शर्मिला सिंह दनुवारको विभत्स हत्या भएको छ । जन्मजात सुस्तमनस्थितिकी शर्मिलाको शव बिहीबार बिहान गाउँदेखि पूर्व मडाहा खोलानजिक नत्थु आलेको खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक किशोर आचार्यले दिएको जानकारीअनुसार शर्मिलाको शव नग्न अवस्थामा फेला परेको थियो । शवको हात, मुख र घाँटी बाधिएको अवस्थामा फेला पारेको थियो । अपराधीले शर्मिलालाई सर्वांग पारेर उनैले लगाएकै कपडा च्यातेर हातमुख बाँधेको देखिएको छ । हत्या अघि उनी माथि कुटपीट पनि भएको प्रहरी निरिक्षक आचार्यको अनुमान छ । योनीबाट रगत र मलमुत्रसमेत निस्केको अवस्थामा शव फेला परेको हो,’ प्रहरी निरीक्षक आचार्यले भने ।

जन्मजात सुस्तमनस्थितिकी शर्मिलाको खानेबस्ने ठेगान थिएन । मन लाग्दी गर्थिन् । जन्मदै मनस्थिती सुस्त भएकाले जहाँ पायो त्यहाँ जान्थिन् । अरुले नै लुगा फेराउने र नुहाइ दिनुपर्थ्यो । राम्रोसँग बोल्न र आफ्नो कपडासमेत लगाउन नसकने हत्या किन भयो भनेर अहिले सम्म खुल्न सकेको छैन ।

शव पोष्टमार्टमका लागि जलेश्वर लाने तयारीमा छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया