शुक्रबार, वैशाख १४, २०८१

मौलिक शैलीका ३० घर निर्माण गर्दै दीपकराज गिरी

नेपालखोज २०८० जेठ ११ गते १२:३१

काठमाडौं । ‘छक्कापञ्जा ४’पछि दीपकराज गिरीको व्यस्तता निकै चुलिएको छ ।

एकातिर उनी भदौदेखि छायांकन सुरु हुने फिल्मको तयारीमा व्यस्त छन् भने अर्कोतिर उनी आफ्नै लगानीको मल्टिप्लेक्स फिल्म हललाई सञ्चालनमा ल्याउने हतारोमा छन् ।

यो चटारोबीच दीपकको व्यस्तता सम्पदा संरक्षणतर्फ पनि छ । उनी आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजनामा छन् ।

उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन् । एकातिर सम्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले दीपक नमुना गाउँ बनाउन कस्सिएका हुन् ।

प्रतिक्रिया