शनिबार, वैशाख १५, २०८१

गुणस्तरहीन चकलेट विक्री गर्ने गोदाममा सिलबन्दी

नेपालखोज २०७६ असोज १६ गते २२:५६

१६ असोज, काठमाडौ । गुणस्तरहिन चकलेट उत्पादन गरेको भन्दै चन्द्रागिरिस्थित एक चकलेट गोदाममा सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले बजार अनुगमनका क्रममा गुणस्तरहीन चकलेट फेला परेपछि चन्द्रागिरि–१० स्थित सो चकलेट गोदाममा सिलबन्दी गरेको हो ।

उक्त टोलीले विनित अग्रवालले सञ्चालन गरेको ‘सुयस इन्टरनेशनल प्रालि’मा म्याद नाघेको, डबल स्टिकर टाँस गरिएको र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने चकलेट बजारमा पठाएका कारण सिलबन्दी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले म्याद नाघेको र गुणस्तरहीन चक्लेट फेला परेपछि गोदाममा सिलबन्दी गरिएको जानकारी दिनुभयो । म्याद नाघेका चार हजार कार्टुन चक्कलेट गोदाम भित्र बिक्रीका लागि पठाउने तयारी गरिएको अवस्थामा टोलीले गोदाममा छापा मारेको हो ।

प्रतिक्रिया