सोमबार, असार ३२, २०८१

सानिमा बैंकले गर्‍यो औषधी उपचार बीमा भुक्तानी

नेपालखोज २०७७ मंसिर २३ गते १६:५४

काठमाडौं । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार दुई सय ३० रुपैयाँको औषधी उपचार बीमा भुक्तानी पाएकाछन् । सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुुन् ।

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक पाँच हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, पाँच हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्कसहित ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा र तीन लाखको छ घातक रोगहरुको बीमा सुविधा पाउन सक्ने छन् ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया