शुक्रबार, वैशाख १४, २०८१

१२ लाख यात्रु बाहिरिए

नेपालखोज २०७६ असोज १६ गते १०:५६

काठमाडाैं । दशैं मनाउनमा लागि काठमाडाैं उपत्यकाबाट १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ५ गतेदेखि बुधबार १५ गतेसम्म ११ लाख ९१ हजार ९८८ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै ७ लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले यात्रु भित्रने क्रम घटिरहेको बताए । यस अवधिमा १ लाख ३७ हजार सवारीसाधन बाहिरीएका छन् भने १ लाख १७ हजार भित्रिएका छन् । यो समाचार अन्नपूर्णमा पोस्टमा छ ।

प्रतिक्रिया