बिहीबार, वैशाख १३, २०८१

दशैमा यस्ता मासु स्वस्थकर हुन्छ

नेपालखोज २०७६ असोज १७ गते ९:२५

मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । मधुमेह, उच्च रक्तचाप, मिगौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ ।

सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ । कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

दशैमा तपाईले बध, वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरिने चाडबाडको वेला खाएको मासुवाट स्वास्थ्यमा असर नगर्ला की ।

बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन । यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ । शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया