शनिबार, वैशाख १५, २०८१

बस दुर्घटनामा ३० घाइते

नेपालखोज २०७६ असोज १७ गते १३:४६

शुक्रबार १७ असोज, पोखरा । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया