शुक्रबार, वैशाख ७, २०८१

सुनको भाउमा सामान्य वृद्धि

नेपालखोज २०७८ वैशाख १९ गते १२:२८

काठमाडाैं । नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज सुनको भाउ १०० रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । 

गत शुक्रबार छापावाल सुनको भाउ ८९ हजार ९०० रुपैयाँ तोकिएको थियो । सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ । 

यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

प्रतिक्रिया