शुक्रबार, वैशाख ७, २०८१

महरा बलात्कार प्रकरणमा मानवअधिकार आयोग

नेपालखोज २०७६ असोज १७ गते १४:४०

१७ असोज २०७६, काठमाडौं । राष्ट्रिय मानवअधिकार निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे नेपाल प्रहरीसँग जानकारी मागेको छ ।

आयोगले महरा र संसद सचिवालयकी कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको कामकारबाहीबारे जानकारी मागेको हो ।

शुक्रबार प्रहरीलाई पत्र लेख्दै आयोगले पीडित र घटना बाहिर ल्याउने पत्रकारको सुरक्षाबारे पनि जानकारी मागेको छ । आयोगले घटनाको अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली नै बनाएको छ ।

प्रतिक्रिया