शुक्रबार, वैशाख ७, २०८१

दशैको अवसरमा शुभकामना दिँदै पूर्व राजाले भने, ‘राष्ट्रियता धर्मरायो’

नेपालखोज २०७६ असोज १८ गते १६:४८

१८ असोज, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट बडा दर्शै २०७६ को पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
पूर्व राजाले दशैलाई ‘राष्ट्रिय सांस्कृतिक पर्व’ पर्वका रुपमा चित्रण गर्दै राष्ट्रका यावत विधि विधान, व्यवस्था र बन्दोवस्त सर्व हितकारी हुनु पर्ने र त्यो सर्व ग्राहय पनि बन्नु पर्ने शुभकामनामा व्यक्त गरेका छन् ।
पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापी हाम्रो भलो हुँदैन भन्दै शुभकामना मन्तव्यमा एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ आफ्नो कमी कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रक्रिया अपनाउने प्रबृत्ति कुनै पनि अर्थमा राम्रो नभएको उल्लेख गरेका छ ।
पूर्व राजाले शुभकामना व्यक्त गर्दै भनेका छन, ‘ हाम्रो उदेश्य हाम्रो देश, पुरै उन्नति बाहेक अरु केही हुनु हुँदैन । भागबण्डाको आर्शिवादले यो देश आफै उत्पीडन र आतंकको नभई, बृद्धि र भाईचाराको स्मारक बन्नु पर्दछ । तर राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएकोर फेरि पनि विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्थामा कसैको हित हुँदैन । ’
पछिल्लो समय नेपालको घट्दो राजनीतिक अवस्थामाथि चिन्त व्यक्त गर्दै पूर्व राजाले शुभकामना मार्फत प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफै राष्ट्रिय आर्दश बमोजिम समझदारीका साथ अघ बढ्ने अटुट प्रयत्न हुनु पर्ने सन्देश दिएका छन् ।
शुभकामना व्यक्त गदै पूर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन् , ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझने पर्ने हुन्छ’ ।

प्रतिक्रिया