बिहीबार, वैशाख १३, २०८१

महरालाई पक्राउ गर्न अदालतको आदेश, तत्काल पक्राउ नहुने

नेपालखोज २०७६ असोज १९ गते १५:३०

१९ असोज, काठमाडौं । संसद सचिवालयमा कार्यरत महिलालाई उनकै कोठामा गएर बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

बलात्कार प्रयासको आरोपमा उनी विरुद्ध उजुरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्नका लागि अदालतसँग आदेश मागेको थियो ।
काठमाडौ जिल्ला अदालतका न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

अदालतले आदेश दिएपनि प्रहरीले महरालाई तत्काल पक्राउ गर्न सक्ने अवस्था भने छैन । संसदले महरालाई सांसदबाट निलम्वन नगरेसम्म प्रहरीले पक्राउ गर्ने भने छैन । यद्यपी महरालाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गर्नका लागि अदालतले बाटो भने खुला गरिदिएको छ ।

प्रतिक्रिया