बिहीबार, चैत १५, २०८०

बलात्कारको आरोप लागेका महरालाई सभामुख निवासबाटै पक्राउ

नेपालखोज २०७६ असोज १९ गते १८:१८

१९ असोज, काठमाडौं । बलात्कार आरोप लागेका महरालाई अदालतको आदेश पालन गरेको भन्दै प्रहरीले सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतलका न्यायाधीश ब्रजेश प्याकुरेलको एक इजलासले आजै महरालाई पक्राउ गर्ने आदेश दिएको थियो ।
महरालाई पक्राउ गर्नका लागि सांसद पदबाट निलम्वन गर्नुृ पर्ने प्रावधानलाई टेकेर पक्राउ नगर्ने सोच प्रहरीले बनाएको थियो । तर महरा यतिखेर विचरा बन्न पुगेकै कारण उनलाई आफ्नै पार्टीका शीर्षस्थ नेताहरुको दवावका कारण प्रहरी टोली भ्यान सहित आज साँझ बालुवाटार स्थित सभामुख निवास पुगेको थियो ।

सभामुख निवास पुगेर महरालाई पक्राउ गरी ल्याउने क्रममा महराले प्रहरी भ्यानमा जान नमानेपछि सादा पोशाकमा प्रहरीले लिएर गएको गाडीमा प्रहरी चौकी लैजाने तयारी गरेका थिए । तर महराले आफैले प्रयोग गरेको गाडीमा जाने बताएपछि प्रहरीले उनैले भने बमोजिम बा १८ च ४०० नम्वरको गाडीमा राखेर अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त सिंहदरबार पु¥याईएको छ । उनलाई सिंहदरबार मै राखेर अनुसन्धान गरिने प्रहरीको दावी छ ।

प्रतिक्रिया