शुक्रबार, भदौ २८, २०८१

अहिलेसम्म कांग्रेसले १२४ पालिका प्रमुखमा जित निकाल्यो, एमाले दोस्रो र माओवादी तेस्रो

नेपालखोज २०७९ जेठ ३ गते १०:३०

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म १२४ पालिका जितेको छ ।

यो समाचार तयार पार्दासम्म १८३ पालिकामा कांग्रेस अगाडि देखिएको । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी ७६ वटा पालिका प्रमुखमा जित निकालेको छ । एमाले ११८ पालिकामा अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ६१ पालिका प्रमुखमा जित निकालेको छ । ६१ वटा स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले ४ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । १७ पालिकामा अग्रस्थानमा छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले ३ पालिका प्रमुख जित निकालेको छ । २७ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा ११ स्थानको पालिका प्रमुखमा अगाडि छ ।

प्रतिक्रिया