बिहीबार, वैशाख १३, २०८१

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

नेपालखोज २०७६ असोज २० गते १२:५६

२० असोज २०७६, काठमाडौँ । यसवर्ष दशैंको टीकाको साइत भोलि असोज २१ गते मंगलवार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य सचिव सूर्य ढुंगेलले  जानकारी दिए । विजया दशमीको दिन देवी बिसर्जन गर्ने साइत भने मंगलवार बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहेपनि विजया दशमीको दिनभर नै टीका लगाउन सकिने उनको भनाइ छ।

 

प्रतिक्रिया