मंगलबार, माघ ४, २०७८

एनसीसी बैंकद्वारा बिराटनगरका अटो चालकलाई क्युआर कोड उपलब्ध

नेपालखोज २०७७ फागुन २९ गते १३:२९


काठमाडौं । विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।

एनसीसी बैकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।


शुक्रबार राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । के एन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।


नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरे ।

प्रतिक्रिया