बिहीबार, वैशाख ६, २०८१

आज बडा दशैं, टिका लगाउने साइत १०ः३५ मा

नेपालखोज २०७६ असोज २१ गते ६:१५

२१ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं आज मनाइँदै छ । दशमी तिथी अर्थात् विजयादशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।

राष्ट्रिय चाडका रुपमा रहेको दशै, घटस्थापनाका दिन जमरा राखेर शुरु गरी नौ दिनसम्म नवदुर्गा भवानीको पूजा अर्चना गरी दशमीका दिन दही, रातो अविर अक्षता सहित मिसाई तयार गरिएको रातो टिका लगाएर आफूभन्दा ठूला मान्यजनसँग टिका लगाई आर्शिवाद लिने गरिन्छ ।

यो पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलाई बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

यस पर्वलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने९ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

प्रतिक्रिया