शुक्रबार, वैशाख ७, २०८१

फरार अभियुक्त धमाधम पक्राउ गर्दै प्रहरी

नेपालखोज २०७६ असोज २२ गते १९:४८

२२ असोज , वाँके । अदालतबाट दोषी ठहर भएका र फरार अभियुक्तलाई बाँके प्रहरीले धमाधम पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका अभियुक्त पक्राउ गर्ने अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

उनका अनुसार, उक्त अभियानका क्रममा चालू आर्थिक वर्षको तीन महीनामा मात्रै २१ जना कैद तथा जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका डाँकाचोरी, ज्यान मार्ने उद्योग, लागुऔषध, ठगी, चोरी, सवारी ज्यानलगायतका विभिन्न अपराधमा फरार २१ जना अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेकाबाट रु नौ लाख ५७ हजार ५०० जरिवाना असुलीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयन टोली बनाएर फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउने अभियान सञ्चालनमा रहेको छ । जिल्ला प्रहरी कार्यालयले गत आव २०७५÷७६ मा विभिन्न मुद्दामा कैद तथा जरिवाना भएका ७८ जनालाई पक्राउ गरी अदालतमा बुझाएको थियो ।

प्रतिक्रिया