शनिबार, जेठ ५, २०८१

प्रदेश नम्बर–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियार

नेपालखोज २०७८ असोज १३ गते १५:०९

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा छापा मारेको छ ।

साइकल खरिद प्रक्रियामा अनियमितता भएको र साइकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा छापा मारेको हो ।

टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

उनले साइकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानबिनको काम सुरु गरिएको पनि स्पष्ट पारे ।

आयोगले प्रदेश २ को सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ ।

सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साईकल वितरण गरिन्छ । उक्त साईकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको हो । सो उजुरी परेपछि स्थलगत निरीक्षण गरी आवश्यक कागजातसहितको प्रमाण लिएर अनुसन्धानको कामलाई पनि अघि बढाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया