बिहीबार, वैशाख १३, २०८१

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

नेपालखोज २०७६ असोज २४ गते १२:५०

२४ असोज २०७६, काठमाडौँ । सिन्धुपाल्चोकमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । प्रहरीका अनुसार ४० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु थियो । अहिलेसम्म उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने र घाइतेको पहिचान खुलिसकेको छैन ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया