शुक्रबार, चैत १६, २०८०

विकास बैंकको मर्जर यात्रा अझै जारी, हेर्नुहोस यि बैंकहरु कहाँ गाभिन्छन् ?

नेपालखोज २०७६ असोज २४ गते १३:४२

२४ असोज २०७६, काठमाडौँ । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नीतिका कारण विकास बैंकहरु धमाधम मर्ज भैरहेका छन् । पुँजीवृद्धिका लागि लागु गरिएको यो नीति लागु हुनु पहिले नेपालमा ८६ वटा विकास बैंकहरु थिए ।

तर, अहिले केही बैंकहरु मर्ज भएर विकास बैंककै रुपमा आफ्नो अस्तित्व जोगाएका छन् भने कोही वाणिज्य बैंकमा विलिन भएका छन् । फलस्वरुप अहिले जम्मा २४ वटा विकास बैंक छन् ।

जसमध्ये राष्ट्रिय स्तरमा जम्मा १० वटा विकास बैंक सञ्चालित छन् । यता, विकास बैंकको संख्या घट्ने प्रकृया रोकिए भने छैन ।

कुन बैंक कहाँ गाभिँदै छन् ?

१. गण्डकी विकास बैंक मेगा बैंकमा गाभिँदैछ ।

२.कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभिँदैछ ।

३. नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक तिनाउ मिसन डेभलपमेन्ट बैंकमा गाभिँदैछ ।

४. सहायोगी विकास बैंक सिटिजन्स बैंकमा गाभिँदैछ ।

यि मात्र होईन अन्य बैंकहरुपनि मर्जरकालागि एक आपसमा चरणवद्ध छलफलमा जुटेकै छन् । अझ बैंकहरुपनि संघीय शासन व्यवस्था अनुरुपमै हुनु पर्ने नीतिले बैंक गाभिने क्रम थप तिव्र बनाएको छ ।

बैंकहरुले मर्जरको प्रकृयाबाट समेत आफ्नो स्तरोन्नति गर्न नसके उनिहरु ठूला बैंकसँग विलय हुनुपर्ने अवस्था छ । यसले देशको अर्थतन्त्र र बैंक वित्तिय क्षेत्र कुन दिशामा जाने हो त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया