शुक्रबार, वैशाख ७, २०८१

नाष्टद्वारा नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण

नेपालखोज २०७८ जेठ ४ गते १९:२०


ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिन्डर निर्माण गरी परीक्षण गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए । नाष्टको वैज्ञानिकसँग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो ।

अब नेपालले प्रेसर धान्न सक्ने लिनिन्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए ।

उनले भने, सुरक्षाको अन्तिम उपाय अवलम्बन गर्न बाँकी छ , केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछाैं ।

उनका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्ने छ भने नाष्टको प्रविधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ ।

परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिए ।

उनले भने,नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्यानिटाइजर, धुन मिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गरे ।

अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रविधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गरेका छन् ।

उनले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताए । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाकी रहेको बताउदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो ।

सो सिलिन्डर मा ग्यास सिलिन्डरमा ग्यासको दवाव २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दवाव २३५ बार सम्म पुगेपछि सिलिन्डरमा जोडिएको पाइपमा सामान्यसमस्या आएको थियो ।

त्यसैले अन्तिम परीक्षण गर्न बाकी रहेको हो–प्रबिधि संकाय प्रमुख रविन्द्र ढकालले भन्नुभयो । नाष्टका बैज्ञानिकले नेपाल यस्तो सिलिन्डर निर्माण हुने गरेको छैन भने आयातित सिलिन्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन ।

मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने, – “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।

उनले अस्पताललाई आवश्यक पर्ने अक्सिजन अन्य निकायमा बढी खपत भएको कारण समस्या बढेको बताउदै भने, अब सबै निकायबाट अक्सिजन सिलिन्डर ल्याएका छौ, अब समस्याको समाधान हुदै जानेछ ।

नाष्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले नाष्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताए ।

उनले नाष्टले कोभिड नियन्त्रणकोलाई महत्वपुर्ण काम गरिरहेको दाबी गर्दै भविष्यमा अन्य कार्य अघि बढाईने जानकारी दिए । उनले अब नाष्टलाई स्मार्ट नाष्ट बनाउने गरी कार्ययोजना अघि बढाईएको जानकारी दिए ।

विज्ञान सचिव डा सञ्जय शर्माले विज्ञान नवप्रवर्तक नीतिलाई कार्यान्वयनमा ल्याउनासाथा प्रवित्रि क्षेत्रले ठुलो फड्को मार्ने बताए । उनले भने, विज्ञानको विकासले मात्र संवृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुने दाबी गरे ।

मन्त्री श्रेष्ठले नाष्टका वैज्ञानिकले तयार गरेको स्याटेलाईटले नेपालको सान बढाएको बताउदै यस्ता वैज्ञानिकलाई सरकारले प्रोत्साहित गर्ने उल्लेख गरे ।

प्रतिक्रिया