बुधबार, जेठ २, २०८१

प्रभु बैंकको बोनस शेयरमा दोब्बर लाभांश

नेपालखोज २०७६ असोज २४ गते १३:५६

२४ असोज २०७६, काठमाडौँ । प्रभु बैंकले अघिल्लो बर्षको भन्दा दोब्बरले बढाएर गत बर्षको वितरणयोग्य खुद नाफाबाट लाभांश प्रस्ताव गरेको छ । प्रभु बैंकले अघिल्लो बर्षको वितरणयोग्य नाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

तर, अहिले उसले गत बर्षको खुद नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताब गरेको हो । उसले कर प्रयोजनका लागि ०.८४ नगद लाभांश पनि प्रस्ताब गरेको छ ।

बैंकको पूँजी कोष अनुपात खुम्चिएकाले संचालक समितिले बोनस शेयर नै प्रस्ताव गरेको हो ।

बिगतमा किष्ट, ग्राण्ड, नेपाल बिकास बैंक जस्ता बिग्रे भत्केका कम्पनीहरुलाई मिलाएर क्रमबद्ध प्रगति गर्दै आएको प्रभुको चुक्ता पूँजी हाल ८ अर्ब ८९ करोड छ । यसले गत आर्थिक बर्षमा एक अर्ब ७३ करोड वितरणयोग्य नाफा गरी प्रतिशेयर आम्दानी २४ रुपैयाँ कायम गरेको थियो ।

प्रतिक्रिया