शुक्रबार, वैशाख ७, २०८१

रुग्ण हाईड्रोको लगानीमा व्याज दर कम गर्न सिफारिस

नेपालखोज २०७६ असोज २४ गते १४:१०

२४ असोज २०७६, काठमाडौँ । विद्युत नियमन आयोगले रुग्ण जलविद्युत आयोजनाहरुमा भएको बैंकको कर्जा लगानीको व्याज दर तीन प्रतिशत कायम गर्न सिफारिस गरेको छ ।

आयोगको बैठकले निजी क्षेत्रले संचालन गरेका तर रुग्ण अवस्थाका आयोजनाहरुले उपभोग गरेका बैंक कर्जाको ब्याज तीन प्रतिशत कायम गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको हो । यसमा बैंकहरुले जोड्ने सेवा शुल्क र कोषको लागत समेत जोड्दा ६ प्रतिशत हाराहारीमा व्याज दर कायम हुने बताईन्छ । अहिले रुग्ण आयोजनाहरुले समेत १३ प्रतिशतमाथिको व्याज दर तिरिरहेका छन् ।

निजी जलविद्युत प्रवर्धकहरुले रुग्ण आयोजनालाई सहुलियत नदिए सरकारलाई साँचो बुझाउनेसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि आयोगको यस्तो निर्णय बाहिर आएको हो । आयोगले साना जलबिद्युत आयोजनाले प्रक्षेपित भन्दा कम बिद्युत उत्पादन भए पनि बिद्युत प्राधिकरणले जरिवाना लिन नपाउने नियम लागु गरिसकेको छ ।

प्रतिक्रिया