बिहीबार, वैशाख १३, २०८१

नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल

नेपालखोज २०७६ फागुन १६ गते ९:२६

रुपन्देही । नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ ।

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले बिहीबार शुभारम्भ गर्दै प्रदेशका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । उनले भन्नुभया,े“ विदेशी पर्यटक भित्र्याउने भन्दा नेपालका नागरिक नेपालमै घुम्ने संस्कृतिको विकास भए पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने छ ।”

मुख्यमन्त्री पोखरेलले पर्यटक भित्र्याउन पर्यटनमैत्री संस्कृतिको विकास गर्न जरुरी रहेको र पर्यटनबाटै प्रदेशको समृद्धिको सपना साकार हुने धारणा रारेँ । “शहरमा मौलिक संस्कृति हराउँदै गए पनि गाउँमा सांस्कृतिक मौलिकता बाँचिराखेको छ, यो नै पर्यटकको रोजाइ हुनसक्छ”, उनले भने ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कपरकट्टी ताललाई त्यस क्षेत्रका पर्यटकीय र ऐतिहासिक क्षेत्रसँग जोडेर विकास गर्ने योजना बनेको बताए ।

चालू आवमा रु ४० लाख बजेट छुट्याएर तालको सरसफाइ गरिएको जानकारी गराउँदै उहाँले अन्य पर्यटकीय पूर्वाधार विकासको कामलाई समेत प्राथमिकता दिने जानकारी दिए ।

प्रतिक्रिया