मंगलबार, वैशाख ४, २०८१

चिनियाँ राष्ट्रपति सी आउँदै, नेपाली सेना गस्ती गर्दै

नेपालखोज २०७६ असोज २५ गते १५:३६

२५ असोज, काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदै छन् ।
राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहनुभएका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँका लागि प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आउन लागेका हुन् । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

सीको सुरक्षाका लागि विमानस्थलेदेखि सोल्टी होटल सम्मको सवारी मार्गमा सुरक्षा व्यवस्था कडा गरिएको छ । नेपाली सेनाले सो मार्गमा गस्ती गरिरहेको छ ।

प्रतिक्रिया