बिहीबार, वैशाख १३, २०८१

सीको सवारीका समय सडकपेटीमा हिड्न समेत नपाईने

नेपालखोज २०७६ असोज २५ गते १६:०९

२५, असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ केही समय पश्चात नेपाल आईपुग्नेछन् । सीको सवारीका समय सवारी मार्गका पेटीबाट समेत हिड्न रोक लगाइएको छ ।

राष्ट्रपति सीको सुरक्षा व्यवस्थापका लागि भन्दै प्रहरीले ‘कारकेड सवारी’ अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–बानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर हुँदै कार्यक्रमस्थल सोल्टी होटलको सडक पेटी प्रयोगमा सर्वसाधारणले दायाँ–बायाँ सडक पेटी समेत प्रयोग गर्न नपाउने गरी रोक लगाइएको छ।

त्यस्तै सोल्टीबाट नेपालका समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि शितल निवास जाँदा र कार्यक्रमस्थल फर्किदा समेत सडक पेटीमा सुरक्षाकर्मी बाहेक अरुलाई प्रवेश दिइने छैन । कारकेड सवारीका बेला यी रुटका सडक दायाँ–बायाँ सडक पेटी तथा किनारमा नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकायका जनशक्ति परिचालन भइसकेका छन् ।

कारकेड सवारी रुटमा पर्ने अग्ला भवन, पुल, घुम्ती लगायतमा पनि विशेष सुरक्षा तैनाथी गरिएको छ ।

प्रतिक्रिया