बिहीबार, वैशाख १३, २०८१

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपालखोज २०७६ असोज २६ गते १२:४७

काठमाडौं । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ ।

सम्झौतामा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौँ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोर निर्माणलगायतका विषय समेटिएका छन् । केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालमा रहेका राष्ट्रपति सी को आज नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया