शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं महानगरपालिका र नाञ्जिन नगरबीच भगिनी सम्बन्ध

नेपालखोज २०७६ असोज २६ गते १६:३०

२६ असोज, काठमाडौं । चिनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको अवसर पारेर काठमाडौं महानगरपालिकाले चीनको नान्जिन नगरसँग भगिनी सम्वन्ध स्थापित गरेको छ ।
विगतमा महानगरपालिका र नान्जिन शहर वीच भएको लामो छलफल पश्चात भ्रमण कै मौकामा गरिएका २० सहमति मध्ये महानगरसँगको भगिनी सम्वन्ध पनि एउटा रहेको छ ।
आज चीनका राष्ट्रपति सि चिनफिङ् र नेपालका प्रधानमन्त्री के. पि. शर्मा ओलीको उपस्थितिमा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नान्जिन म्युनिसिपल कमिटिकी सेक्रेटरी जेफाङ् एङ्बुआले भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भगिनी सम्बन्धले औपचारिकता पाएको हो ।
दुई नगरकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई नेपाल सरकारको गएको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले स्वीकृति दिएको थियो ।

सम्झौतामा दुई नगरकावीचमा संस्कृति र पर्यटनको संरक्षण तथा प्रबर्धन, बिकास निर्माण र बिकास व्यवस्थापनमा अनुभव आदान—प्रदान, उद्योग र बाणिज्य, शिक्षा, स्वास्थ्य, अर्थ बाणिज्य लगायतका क्षेत्रमा क्षमता बिकास एवं प्रर्वधनात्मक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया