शुक्रबार, वैशाख ७, २०८१

तोकिएभन्दा बढी भाडा लिने १७ वटा गाडी कारबाहीमा

नेपालखोज २०७६ असोज २७ गते १०:३९

सोमबार २७ असोज २०७६  काठमाडौं । दशैंको बेला यात्रुहरुबाट तोकिएभन्दा बढी भाडा असुल्ने १७ वटा सवारी साधनलाई प्रदेश २ ट्राफिक प्रहरीले कारबाही गरेको छ । तोकिएभन्दा बढी भाडा लिने गाडीहरुलाई ट्राफिक प्रहरी कार्यालय, पथलैया र सो मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले कारबाही गरेका हुन् ।

यात्रुहरुबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनिलाई यातायात व्यवस्था ऐनअनुसार कारवाही गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

प्रतिक्रिया