शुक्रबार, वैशाख १४, २०८१

ओली सरकारमा रहेका मन्त्रीहरु हेरफेरको तयारी

नेपालखोज २०७६ असोज २८ गते ८:४२

२८ असोज, काठमाडौं । लामो सयमदेखि चर्चामा रहेको वर्तमान सरकारमा रहेका मन्त्रीहरुको हेरफेरले फेरि चर्चा पाएको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको धेरै अघिदेखि भएपनि तात्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दूर्घटनामा परि निधन भएका कारण मन्त्रीमण्डले हेरफेरको विषय सेलाएको थियो ।

अहिले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार दाहालसँग यो विषयमा छलफल पनि गरे। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घण्टा वार्ता भएको श्रोतले बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि नै मन्त्रिमण्डल हेरफेरको तयारी गरिएको छ। ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बताईएको छ।

शिवमाया तुम्बाहाङफेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। विवाद नभएमा ओलीले मंगलबार भित्र नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा रहन आग्रह गरेको जानकारहरु बताउँछन् ।

यौन दुव्र्यवहार आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्य पार्टीलाई नछाड्न नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था भएका कारण सभामुखमा चलखेल हुन थालेको छ।

प्रतिक्रिया