२०७७ जेठ २० , मंगलबार English

नर्सिङ्ग परिषद्को अपिल

२०७६ चैत्र २३ , आइतवार प्रकाशित



download




 

काठमाण्डौ । नेपाल नर्सिङ्ग परिषद्ले कोभिड–१९को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि अहोरात्र कार्यक्षेत्रमा खटेर नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिले गरेको स्वास्थ्यसेवा गरिरहेको जनाएको छ ।

“आफू बाँचौँ र अरुलाई पनि बचाऊ” भन्ने मन्त्रलाई आत्मसात् गर्दै आफूले आर्जन गरेका ज्ञान र सीपको अधिकतम् प्रयोग गर्नु अहिलेको आवश्यकता भएकाले चुनौतीपूर्ण अवस्थामा नर्स, मिडवाइफलगायत स्वास्थ्य क्षेत्रमा कार्य गर्ने सम्पूर्ण जनशक्तिको आत्मविश्वास र मनोबललाई उच्च पारी राख्न राज्यका सम्पूर्ण निकायको नेतृत्वदायी वर्गको कतव्र्य हुने परिषद्ले जनाएको छ ।

परिषद्का रजिष्ट्रार विन्दा घिमिरेले आज विज्ञप्ति जारी गरी उच्च मनोबल र दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी आफ्नो पेशाको मर्यादालाई उच्च राख्दै आफ्नो कर्तव्यमा लाग्नु सम्पूर्ण स्वास्थ्यकमी तथा संघ संस्थामा कार्यरत जनशक्तिलाई अनुरोध गरेकी हुन् ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a comment

Your email address will not be published. Required fields are marked *

prabhu money transfer