शनिबार, वैशाख १५, २०८१

मन्त्रिमण्डल फेरबदलसँगै सभामुख चयनको विषयमा छलफल गर्दै नेकपा सचिवालय

नेपालखोज २०७६ असोज २९ गते ९:४४

२९ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । । पार्टी एकताको अन्तिम टुंगो लगाउन र मन्त्रीमण्डल हेरफेरबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

यसअघि हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज छलफल गर्न लागेको नेकपाले जनाएको छ । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन ।

बैठकमा चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा हुदैछ । नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल हुने जनाइएको छ । मन्त्रिमण्डल फेरबदलसँगै सभामुख चयन बारेमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया