शुक्रबार, वैशाख ७, २०८१

वडासदस्यसहित ११ जना जुवा खेल्दैगर्दा प्रकाउ

नेपालखोज २०७६ असोज २९ गते ११:३१

काठमाडाैं । जुवा खेलिरहेको अवस्थामा वडा सदस्यसहित ११ जना रंगेहात पक्राउ परेका छन् । उनिहरूलाई महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठले भसन्थली-४ बाट प्रकाउ गरेको हो । स्थानिय उत्तम कुइँकेलको घरमा जुवा खेलसरहेको सूचनाको आधरमा उनिहरूलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरीको परिसरको काठमाडाैंका अनुसार बिशेष सूचनाको आधरमा महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठको प्रहरी टोलीले छापा मार्नेक्रममा उनिहरूलाई नियन्त्रणमा लिएको हो । परिसरका अनुसार उनिहरूको साथबाट ४ लाख १० हजार १५ रूपैयाँ, खेलमा प्रयोग भएको काैडा र तास बरामद गरिएको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ- ४ का उत्तम कुइँकेल, शिवराम भण्डारी, कृष्ण खत्री, सुरेन्द्र श्रेष्ठ, नारायण भण्डारी, टोखा नगरपालिका २ का बालकृष्ण श्रेष्ठ र हरिप्रसाद डंगोल छन् ।

पक्राउ परेका शिवराम भण्डारी बूढानिलकण्ठ नगरपालिका ४ का कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् । पक्राउ पर्नेमा विभिन्न पार्टीमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता रहेको पनि बुझिएको छ । उनिहरूमाथि थप अनुसन्धान भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया