शुक्रबार, असार २०, २०८२

शिक्षामन्त्री श्रेष्ठले भने राजीनामा दिन कायर हो र ?

काग भएर मयुरको प्वाख राखेर कराउदै हिडेका छन्, जनताले असली मयुर चिन्नेछन

नेपालखोज २०७७ फागुन १२ गते १३:००

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दोहोर्याए ।

उनले भने, राजीनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजीनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए । उनले भने, ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ । सिटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् । ‘संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । अबको प्रधानमन्त्री पनि केपी ओलीनै हो, उहाले नै निर्वाचन गराउनुहन्छ’ उनले भने ।

हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउदा गलत भएको छ । अदालतको फैसलापछिको विष्लेषण गर्दै उनले भने, अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौ ।
हामीसंग नेपालको राजनीतिमा पेले छन् ,रोनाल्डो छ , म्यारोडोना र मेसी हामीसंगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आएपनि राजनीति मैदान छाड्नेवाला छैनौ, हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गनैछौ ।

नैतिकताको आधारमा मन्त्रीले राजिनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ ।

सुन हो कि पित्तल, हिरा हो कि शिसा भनि नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउदै अहिले आन्दोलन गरेर हिड्ने गुट नक्कली भएको टिप्पणी गरे । उनले भने, काग भएर मयुरको प्वाख राखेर कराउदै हिडेका छन् । जनताले असली मयुर चिनेर प्वाख हाल्ले मयुररुपी काग बन्नेलाई धिक्कार गर्नेछन् । उनले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यसलाई रोक्ने काम ओली सरकारको भएको चर्चा गरे । उनले भने यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ ।

संसद पुनःस्थापना भएपछि सरकारको तर्फबाट पहिलो धारणा राख्नुभएका मन्त्री श्रेष्ठले अबपनि केपी ओलीको विकल्प नभएको स्पष्ट पारे । कार्यक्रममा सिटिइभीटीले गरेका कामको प्रशंसा गर्दै योजनाबद्ध ढंगले अधि बढ्न निर्देशन दिए । सो संस्थाको अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य(शिक्षा) डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले बोलेका थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलिया लगायतले टिभिइभीटी परिसरमा वृक्षरोपाण गरेका थिए । मन्त्री श्रेष्ठले वार्षिकउत्सवको केक काटेका थिए ।

प्रतिक्रिया