शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य घट्यो

नेपालखोज २०७६ असोज २९ गते १६:२४

२९ असोज, काठमाडौं । लामो समयदेखि मूल्यमा उतार चढाव हुँदै आएको सूनको मूल्य घटेको छ ।
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलामा रु १०० ले घटेको छ । भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो ।

सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा रु ७०० वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०० घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ३०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामन्य गिरावट आएको छ । चाँदी प्रतितोला रु १० घटेर तोलाको रु ८५० मा खरीद बिक्री भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया