शुक्रबार, चैत १६, २०८०

गैर आवासीय नेपाली संघको निर्वाचन, ७७ जनाको मनोनयन दर्ता

नेपालखोज २०७६ असोज २९ गते १७:०७

२९ असोज, काठमाडौँ । काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा ७७ जनाले मनोनयन दर्ता गराएका छन् ।
१ जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य दुई जनाले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै ४ वटा खुल्ला तर्फको उपाध्यक्षका लागि नौ जनाले मनोनयन गरेका छन्, उपाध्यक्षमा मनोनयन गराउनेहरुमा हिक्मत बहादुर थापा, किरण विक्रम थापा, अर्जुन कुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, डा बद्री केसी, मन केसी , धर्मराज अधिकारी,सोनाम लामा, डा केशव पौडेल रहेका छन् भने महिला कोटा एक उपाध्यक्षका लागि सपिला राजभण्डारी र रविना थापाले मनोनयत दर्ता गरेका छने ।
त्यस्तै संघको महासचिव पदका लागि जानकी गुरुङ्ग र डा हेमराज शर्माले उम्मेदवारीका लािग मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारको टुंगो लागिसकेपछि बढीमा साँझ ६ बजे भित्रमा मतदान सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ। अध्यक्षमा सहमतिको प्रयास गरिएपनि सहमति हुन नसक्दा निर्वाचन हुने भएको छ।

४१ जना पदाधिकारीका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया