सोमबार, वैशाख २४, २०८१

अकालमा ज्यान जान्छ कर्णालीमा

नेपालखोज २०८० साउन ११ गते १०:१८

कर्णालीमा बर्सेनि ५० जनाभन्दा बढीले भीरबाट लडेर ज्यान गुमाउँछन् । प्रहरीका अनुसार तीन वर्षमा मात्रै भीरबाट लडेर १ सय ६४ को ज्यान गएको छ। कर्णालीमा कुनै न कुनै भीरबाट बर्सेनि मान्छे खसिरहन्छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा गत तीन आर्थिक वर्षमा भीरबाट लडेर मात्र १ सय ६४ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा ३९ जना, आर्थिक वर्ष २०७८/०७९ मा २ जना, आर्थिक वर्ष २०७९/०८० मा ७२ जनाले ज्यान गुमाए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार तीन वर्षमा सल्यानमा सबैभन्दा बढी ३५ जनाले भीरबाट लडेर ज्यान गुमाएका छन । सुर्खेतमा ११, दैलेखमा १६, कालीकोटमा २४, जाजरकोट २६,, रुकुममा १९ जना, जुम्लामा १०, मुगुमा ७, हम्लामा ३, डोल्पामा २ जनाले भीरबाट खसेर ज्यान गुमाएका छन् ।

जोखिमयुक्त बाटोमा चिप्लिएरै २३ जनाले ज्यान गुमाएका छन् । यस्तै रूखबाट खसेर मात्र कर्णालीमा गएको तीन वर्षमा २१ जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ ।

भीरबाट लडेर मात्र १ सय ६४ जना, खोलाले बगाएर र पानीमा डुबेर १ सय ६५ जनाले ज्यान गुमाएका छन् । बाढी र पहिरोमा परी १ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

आगलागी, मदिरा सेवन, चिप्लिएर, करेन्ट लागेर , रूखबाट खसेर, ढुंगा लागेर, माटोको ढिस्कोले पुरिएर, पखाला लागेर, घरको छानो भत्किएर, पिङबाट खसेर, बिस्फोटक पदार्थ पट्किएर, नदीले बगाएर जस्ता बिभिन्न २९ वटा कारणले २ सय ९८ जना नागरिकले अकालमै ज्यान गुमाएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा मदिरा सेवन गरी २ सय ४९ वटा घटना भएका थिए । जसमा सवारी दुर्घटना १३, जबरजस्ती करणी ३७, जबरजस्ती करणी उद्योग ७, हत्या २, ज्यान मार्ने उद्योग १७, अभद्र व्यवहार ५५, घरेलु हिंसा १ सय १४, अपराधिक उपद्रव ४ वटा घटना भएका थिए ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा मदिरा सेवन गरी सवारी दुर्घटना ८, जबरजस्ती करणी १६, जबरजस्ती करणी उद्योग १६, हत्या १, ज्यान मार्ने उद्योग १७, अभद्र व्यवहार ५३, अपराधिक उपद्रव ३, घरेलु हिंसा १ सय १९ घटना भई प्रहरीमा उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७९/०८० मा मदिरा सेवन गरी सवारी दुर्घटना १४, जबरजस्ती करणी १८, जबरजस्ती करणी उद्योग ७, हत्या ७, ज्यान मार्ने उद्योग १४, अभद्र व्यवहार ७२, अपराधिक उपद्रव ४, घरेलु हिंसा १ सय २३ गरी २ सय ५९ वटा घटनाहरू भएका थिए। मदिरा सेवन गरेर यस्ता घटना भएको भन्दै प्रहरीसमक्ष उजुरी आउने गरेका छन । कर्णालीमा ९० प्रतिशत घटना मदिरा सेवन गरेका कारण हुने गरेको प्रहरीको भनाइ छ ।
स्रोत : अन्नपूर्ण दैनिक

प्रतिक्रिया