शुक्रबार, वैशाख १२, २०८२

मृगौला किनबेच गर्ने निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

नेपालखोज २०७६ असोज २९ गते १७:२०

२९ असोज, काठमाडौं । विरामी जनताको स्वास्थ्य उपचार गर्ने जिम्मेवारी लिएर सञ्चालमा रहेको अस्पताल नै मृगौला किनबेचमा लागेपछि अहिले सञ्चालकहरु प्रहरी नियन्त्रणमा परेका छन् ।

ललितपुरको पुल्चोक स्थित निदान हस्पिटल प्रालि मानव अंग मृगौला किनवेचमा लागेकाले अहिले निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३ लाख रुपैयाँमा मृगौला किनबेच भएको थाहा पाएपछि मानव बेचबिखन व्यूरोको टोलीले विशेष सूचनाका आधारमा पाँच जनालाई नियन्त्रणा लिएको जानकारी दिएको छ।
उनीहरुले नक्कली आफन्त खडा गरेर मृगौला किनबेच गरिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। बिरामीलाई मृगौला आवश्यक परेमा रगतको नाता पर्नेले मात्र दिन मिल्ने कानुनी व्यवस्था छ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, र रामचन्द्र आलेलाई नियन्त्रणमा लिएको हो। बिपेन्द्र निधान अस्पतालका सिइओ हुन्। राजेश पन्त अस्पतालका चिकित्सक भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया