शुक्रबार, वैशाख ७, २०८१

विप्लवका दाजु चन्द्रबहादुर चन्द दाङबाट पक्राउ

नेपालखोज २०७६ असोज ३० गते ९:४०

काठमाडौं । दाङको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेका विप्लव समूहका २१ नेतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरुलाई बैठक स्थलबाटै पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा चन्द्रबहादुर चन्द पनि रहेको छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् । महासचिव नेत्रविक्रम चन्द का दाजुलाई किन पक्राउ गरियो कारण खुलेको छैन् ।

पक्राउ पर्नेमा अधिकांश विप्लव समूहको राप्ती ब्युरोका नेताहरु छन् ।

५ नं. प्रदेश प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले विप्लव समूहका नेताहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया