शुक्रबार, चैत १६, २०८०

सरकारसँग पौडेलको आग्रह- कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाऊ

नेपालखोज २०७९ असार १५ गते २१:३०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । नेता पौडेलले राष्ट्रिय धान दिवसको अवसर पारेर आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई भेटेर किसानलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रह गरेका हुुन् ।

‘मानो रोपेर मुरी फलाउने समयमा किसानले रासायनिक मल पाउन सकेका छैनन्, यो कृषिप्रधान देशका लागि दुःखको कुरा हो, कृषि क्षेत्रको उत्पादन बढाउन तत्काल मल उपलब्ध गराउनुपर्छ’, नेता पौडेलले भने ।

भेटमा मन्त्री यादवले किसानलाई सहजरुपमा रासायनिक मल उपलब्ध गराउन सरकारले काम गरिरहेको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको छ, नेपालले भारतसँग मलका लागि जुन सम्झौता ग¥यो, सोहीअनुसार मल प्राप्त नहुँदा मल आयातमा समस्या भएको हो’, उनले भने । मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिकटन रासायनिक मल आउनेसमेत बताए ।

प्रतिक्रिया